header
ताजा खाबर :

रामेछापमा झाडापखालाको प्रकोप , ५ दिनसका लागि विद्यालय बन्द ।

 
राजन महतारा क्षेत्री हजुरको रेडियो रामेछाप ।
२०७४ जेठ ८ गते ।।
रामेछाप जिल्लाको रामेछाप  नगरपालिका  वडा  नम्बर ८  मा झाडापखालाको प्रकोप  फैलिएको छ । झाडापखाला  बाट धेरै मानिसहरु प्रभावित भएका छन  । झाडापखालाका कारण रामेछापको गंगालाल एकेडेमी ५ दिनका लागि बन्द गरिएको छ । विद्यालयका विद्यार्थि र शिक्षक झाडापखालाबाट बिरामी भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका संस्थापक सदस्य सुमन कुमार क्षेष्ठले  जानकारी दिनुभयो । २ दिन यता मात्र रामेछाप जिल्ला अस्पतालमा सय डेढ सयको हाराहारीमा विरामी आएको जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाश प्रसाद शाहले जानकारी दिनुभयो । दुषित खानेपानीको  कारणले रामेछाप नगरपालिकामा  झाडापखाला  फैलिएको बताउदै उहाँले खानेपानी  उमालेर खान ,र काँचै खाने फलफुलहरु  राम्ररी पखालेर खान पनि सबैमा आग्रह गर्नुभएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...