header

म्यादी प्रहरी र प्रहरीबिच झडप, चौकीमा तोडफोड

 
 
प्यूठान, जेठ ५ – स्थानीय तहको चुनावका लागि खटिएका म्यादी प्रहरीले प्रहरी चौकी मच्छीमा तोडफोड गरेका छन् । प्रहरी र म्यादी प्रहरीबिचको विवाद हुँदा उनीहरुले चौकीमा तोडफोड गरेका हुन् । झिमरुक गाउँपालिका अन्तर्गत मतदान केन्द्रमा खटिएका म्यादीलाई प्रहरीले कुटपिट गरेको भन्दै म्यादी प्रहरीले तोडफोड गरेका हुन् । 
तालिमका क्रममा प्रहरी सहायक निरीक्षकले म्यादी प्रहरी हरि बिक्रम केसीलाई छातीमा हानेको भन्दै म्यादी प्रहरी आक्रोशित भएका हुन् । प्रहरी बिचको आपसी विवाद मिलाउन नसक्दा प्रहरी र म्यादी प्रहरीबीच दोहोरो झडप समेत भएको थियो । झडपका क्रममा म्यादी प्रहरीले कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि झ्यालढोकाका सिसा तोडफोड भएका छन् ।
कुर्चि, बेन्चलगायत प्रहरीका महत्वपूर्ण कागजातमा क्षति भएको छ । घाइते केसीको स्वर्गद्वारी लाइफ केयर हस्पिटल बाग्दुलामा उपचार भइरहेको छ । स्थानीय बासिन्दाको सहयोगमा चौकीलाई थप क्षति हुनबाट जोगाएको बताउँदै प्रहरीले सामान्य विवादमा समेत चौकीमै आगजनी गर्ने हिसावले आक्रोशमा उत्रिएको जनाएको छ ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...