header

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले खानेकुरा । छाप्रोमा बास छ । न लगाउने लत्ताकपडा छ, न त खानेकुरा । ज्वालामुखी गाउँपालिका–५ धादिङकी राधिका बयलकोटीको परिवार समस्याको भूमरीमा चलिरहेको छ ।सीताराम बयलकोटीले ज्याला मजदुरी गरेरै भएपनि दुख सुखले परिवार चलेको थियो । तर एक्कासी बयलकोटी बिरामी पर्नुभयो । पेटको रोगी त्यसमा पनि टाइफाइटले थलिनु भएका उहाँलाई अस्पतालसम्म पु¥याउन सकिएन । परिवारको आशा बन्नुभएका सीताराम अस्पताल लैजाँदै गर्दा बाटोमै ढल्लेपछि कहिल्यै उठ्न सक्नुभएन । उहाँसँगै परिवारको खुसी पनि उठ्न सकेन । ३८ वर्षिय सीताराम बयलकोटीले २०७३ मंसिर २६ गतेबाट सदाका बिदा लिनुभयो ।  
पूरै परिवार सीतारामको भरमा थियो । सीतारामको मृत्युपछि मियो ढलेको दाँइ जस्तै भयो उनको परिवार । सुखदुख सँगसँगै गरौंला, सँगै जिउला, सँगै मरौला भन्ने श्रीमान भगवानको प्यारो भएपछि श्रीमती दुर्गा चर्माकारको काँधमा जिम्मेवारी आइप¥यो । आफैं रोगी मान्छे त्यसमा पनि श्रीमानलाई गुमाएको पीडाले थलिनुभएकी दुर्गाको परिवार झण्डै दुई महिना अभावमै चल्यो ।   बुबाको मृत्युपछि बालबच्चाहरुको दुई मुठ्ठी सास आमाको भरमा धानिएको थियो । दुई छाक जोहो गर्न मुस्किलले चलेको परिवारमा उपचारमा लाग्ने खर्च निकै कठिनसँग जुटेको थियो । तर आन्द्राको क्यान्सरले थलिनुभएकी दुर्गाले रोगसँग लड्दा लड्दै आफ्नै लागि दुई मुठ्ठी सास बचाउन सक्नुभएन । अन्ततः काठमाडौमा रहेको मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदाहँुदै ३६ वर्षीया दुर्गाको पनि २०७३ माघ १९ गते ज्यान गयो ।
झण्डै दुई महिनाको बिचमा आमाबुबा गुमाएपछिका दुख, पीडा त छदंैछन् छोराछोरीले पेटभरी खान समेत पाएका छैनन् । सीतारामका १७ वर्षीया छोरी राधिका, १३ वर्षीय प्रकाश र २ वर्षीय इराक बयलकोटी ढुङ्गा खाउँ कि माटो भएका छन् ।  बुबाआमाको ज्यान गएपछि टुहुरा बनेका उनी ठूलोबुबा चुनबहादुरले बनाइदिनुभएको टहरामा बस्दै आएका छन् । ठूलोबुबा चुनबहादुरको परिवार र छिमेकीहरुको सहयोगमा मुस्किलले चुलोमा आगो बलेको छ । तर चुनबहादुरलाई आफ्नै घर खर्च चलाउन समस्या छ । 
अरुको सहयोगमा आफ्नो र भाइको पटे भर्न नसकेपछि राधिका २ वर्षको भाइलाई छाडेर काममा जान थालेकी छिन् । ‘सधै काम पाइदैन । कहिलेकाँही कमाएको १र२ सय रुपैयाँले सधैलाई पुग्दैन । भाइहरु जतिखेरै भोक लाग्यो मात्र भन्छन्, दिउँ केही छैन । एक छाक खाएर म त बाँचुला तर भाइहरुलाई कसरी बचाँउ रु’ राधिकाले गहभरी आँसु पादै प्रश्न गर्नुभयो । 
बुबाआमा गुमाएको पीडा समेत भुल्न नसकेकी राधिकाले भनिन् ‘रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भयो । भाइलाई पढाउन त परैको कुरा बचाउँन पनि सक्दिन होला । कसैले सहयोग गरेदेखि बुबाआमा गुमाएको घाउमा मलम लाग्थ्यो कि ।’बुबाआमा गुमाएदेखि बिचल्लीमा परेका यी टुहरा बालबालिकाहरु अहिलेसम्म उस्तै अवस्थामा छन् । विहान उठेदेखिनै उनीहरुको दैनिकी समस्यै समस्यामा बितेको छ । पाइलै पिच्छे पहाड जस्तै उभिएका समस्याहरुबाट मुक्ति पाउन सकेका छैनन् । 
आफूहरु टुहुरा भएको भन्दै धेरै मानिस आएर ओत लाग्ने छानो बनाइदिन्छु, पालनपोषण गरिदिन्छु भन्ने आएपनि अहिलेसम्म आफ्नो समस्या जस्ताको तस्तै रहेको राधिकाले गुनासो गरिन् । 
उज्यालो

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...