header

आरपी भट्टराई चिया पसल हुँदै लाजालाम, तितो सत्य उनका लागि सरप्राइज थियो

काठमाडौं, मंसिर २४ – कलाकारितालाई आफ्नो रुचि भएको बताउने हाँस्य कलाकार आरपी भट्टराई राजारामको शुक्रबार बिहान निधन भएको छ । आफन्तको घरमा बेलुका सुतेका आरपीलाई बिहान अबेरसम्म नउठेपछि उठाउनका जाँदा मृत फेला पारिएको थियो । उनको निधनको कारण अहिलेसम्म खुल्न सकेको छैन तर उनको हृदयघातका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । विशेष गरी मोटो शरीर नै पहिचान भएका उनी प्रेसर र मधुमेहको बिरामी थिए । 

 

यसरी भएको थियो कलाकारिताको सुरुवात

कलाकार आरपी भट्टराईको वास्तविक नाम रुद्रप्रसाद भट्टराई हो । ४५ वर्ष पहिले जन्मेका आरपिलाई उनको मोटो ज्यानबाट सबैले चिन्दथे । उनले कलाकारिता विस २०४३ देखि सुरु गरेका हुन् । सुरुमा उनले एक टेलिसिरियलमा बाल कलाकारको भूमिका निभाएका थिए । 
सानैदेखि स्कुलमा हुने नाटक बालकार्यक्रममा सहभागीता जनाउने उनको कलाकारिता बिचका केही वर्ष अध्ययनका कारण रोकियो । तर विस २०५६ सालबाट भने उनी निरन्तर रुपमा कलाकारितामा लागेका थिए । उनका दुई छोरा र एक श्रीमती छन् ।

 

तितो सत्यबाट लाजालाम, जुन उनका लागि सरप्राइज थियो

दीपकराज गिरीसँग पहिलेदेखि नै चिनजान भएका उनले तितो सत्यमा जाने प्रयास धेरै पटक गरेका थिए । तर उनलाई मिल्ने खालको रोल नभएका कारण निर्माता निर्देशक दीपकराज गिरीले कुनै नयाँ रोल आयो भने हामी तपाईँलाई बोलाउँछौँ भनेर उनलाई आश्वासन दिएका थिए । 
दीपकले आफूले दिएको आश्वासन पूरा गरे पनि । एक दिन साँझको समयमा आर पीको मोबाइलको घण्टी बज्यो । आरपी अत्तालिँदै मोबाइल हेरे जसमा दीपक राज गिरीको नाम आएको थियो । आर पीले दिपकराज गिरीको नम्बर दीपकराज गिरी भनेर नै मोबाइलमासेभ गरेका थिए । 
आर पी खुसी हुँदै दीपकको फोन उठाए । त्यो दिन उनको लागि जीवनकै सुन्दर र खुसी ल्याउने दिन साबित भएको थियो । फोनमा दीपकले हामीले एउटा नयाँ भूमिकामा लागि तपाईँलाई राख्ने विचार गरेका छौँ, तपाईँ काम गर्नुहुन्छ रु भन्ने बित्तिकै आर पीले मलाई काम मात्रै दिनुस् न भनेर काम गर्न तयार भएका थिए । उनको लागि यो सरप्राइज भएको कुरा रेडियो अडियोको कौशीमा भलाकुसारी गर्दा बताएका थिए ।
 

गायकको पनि परिचय बनाए

टेलिसिरियल तितो सत्यमा लाजालामको भूमिका निभाएका उनलाई धेरैले वास्तविक नामभन्दा पनि सिरियलको नाम लाजालामकै नामले चिन्थे । सिरियलमा लाजालामको भूमिका निभाएर उनी बालकदेखि बृद्धसम्मको परिचित बनेका थिए । 
 
सिरियलमा तोते बोल्ने उनले आफ्नो त्यहि तोते बोलीमै केही गीतहरु पनि गाएका छन् । उनी अभिनेताका साथै गायकको रुपमा पनि चिनिएका थिए । रेडियो अडियोकै कौशीमा गफिदै उनले आफूलाई गायकको ट्याग श्रोताहरुले दिएको बताएका थिए । आफ्नो गायनबारे उनले ‘मैले गीत गाएको हैन म त कराएको हो’ भन्दै श्रोताहरुले मनपराई दिएका कारण नै आफूले केही गीतहहरुमा कराउने मौका पाएको भन्दै ठट्टा गर्दथे । उनले माली गाईको घिउ , मन पर्छ पर्दैन यही हो मेरो जिउ, लाजालाम मेलो नाम जस्ता दर्जन बढी गीत गाएका छन् । 
 

चिया पसलमा पनि काम गरे

आर पीले लाजारामको परिचय पाउनु भन्दा पहिले धेरै नै संघर्ष गरेका थिए । उनी आफ्ना संघंर्षका दिनहरु सम्झँदा आँखा रसाउँछ भन्थे । सुरुवातका ती दिनहरुमा उनले कामलाई सानो ठूलो नभनी चिया पसलमा पनि काम गरे । तर उनले आफ्ना हरेक दुःखहरु भुलाउन श्रीमतीले दिएको साथ सम्झेर निकै खुसी हुन्थे । सुरुवातका केही वर्ष उनले सित्तैमा मिडियामा काम पनि गरेका थिए । 

 

खानाले हैन बुढीले गर्दा बढेको थियो भुँडी

बाल्यकालदेखि नै खानामा सौखिन आरपी खानेकुरामा कहिल्यै पनि पछि पर्दैनथे । उनी आफ्नो मोटोपनको कारण खानालाई नै मान्छन् ।  बालयकालदेखि नै मोटो भएपनि उनको भुँडी भने थिएन । विस २०५६ सालमा विवाह गरेका उनको ५६ सालदेखि भुँडी लागेको थियो । उनी आफ्नो भुँडी बढ्नुको कारण खाना र श्रीमती नै हो भन्दै मजाक गर्दथे । खासमा आफूलाई श्रीमतीले असाध्यै माया गर्ने भएकोले खानामा विशेष ध्यान दिनेहुदा भुँडी बढेको भन्थे । उनको तौल १ सय ३४ किलोसम्म पुगेको थियो । 

 

चर्चित हुन्छु जस्तै लागेको थिएन

केही समय अघिको अन्र्तवार्तामा उनले आफू अहिले आएर यति चर्चित हुन्छु भन्ने नसोचेको बताएका थिए । उनी आफू चर्चित हुनु एक सपनाजस्तै भएको बताउँथे । आरपि उर्फ लाजालामले मायाज बार, अल्छि जिब्रो स्वादे तिग्रो लगायत दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनको अभिनय रहेको पछिल्लो चलचित्र छक्का पञ्जा सय दिन मनाउने तरखरमा छ । जहाँ उनलाई प्रहरीको भूमिकामा देख्न सकिन्छ । 
 
उज्यालो र  forseenetwork.com को सहकार्यमा

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...