header

वादि गाँऊ यात्रा गर्दाको त्यो दिन ।

 राजिव कार्की, रामेछाप
जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारबाट करिव २ घण्टा दक्षिण तर्फ ओराले बाटो पैदल हिडेपछि पुगिने वादि गाँउ झटट् हेर्दा साच्चिकै मनमोहक छ । देशको लोपन्मुख जाती हायु, पिछडिएको कसाई समुदाय बसोबास रहेको वादिका स्थानियको मुख्य पेशा कृषि र मजदुरी हो । सरकारी तथा गैह्रसरकारी संस्था जहाँ होस त्यो समुदायका मनिसहरु आवद्ध छैनन् , बुझने भाषमा भन्ने हो जागिरे मान्छे भेट्न मुस्किलै पर्छ भन्ने सुनेको थिए । त्यहि पिछडिएको समुदय वादि गाउमा पहिलो पाईला टेक्ने सौभााग्य जु¥यो । 
 
 
यति धेरै दुखका कहानी सुनेपछि एक पटक त्यहाँ पुगेर त्यहाँका मानिससँग घुलमिल हुदै उहाँहरुको मनको पिडा उठाउने अठोट थियो मनमा । शिलशिला त्यसैको हो , रिपोर्टिङको लागी हामी –भाई अर्जुन निमेश र म) वादि गाँउ जाने निर्णय ग¥र्यौ । र दिनको १० बजेको हुदो हो सायद , मनोरम जङगल हुँदै, ओरालो बाटो वादि गाँउ झ¥र्यौ । 
पहिलो पटक वादि गाँउ गएको म , मनमा छुट्टै किसीमको उत्साह संगालेर राखेको थिए । जतिबेला पनि पोखिन सक्ने उत्साह । आफुलाई अचम्म पनि लागिरेको थियो, कतिबेला त बिश्वास नै लाग्दैनथ्यो । म कहाँ छु भनेर । 
ओरालो बाटो झरेपछि  डाँडामा एउटा पसल घर पुगियो । सिरसिर बतास चलिरहने , वरिपरि विभिन्न फलफलुलका रुख , त्यही डाडाँमा भेट भए गणेश बहादुर कसाई , लगाएतका अन्य केहि मानिसहरु । चिना परिचय पछि , त्यहाबाट छुटेर अलि तल झर्ने कुरा भयो , जहाँ पिछडिएका कसाई समुदायको बसोबास छ । 
गणेश बहादुर कसाई पनि त्यहि टोलका रहेछन् , हामीलाई एक्लै झर्नै दिएनन् , नयाँ ठाँउमा उनको दरिलो साथ पायौ हामीले । 
 
डाँडाबाट ओरालो लाग्दै गर्दा कसाईले हामीलाई आफना दुखका सारा कथा सुनाए । उत्साह मनमा बोकेर् गएका हामी उनको दुखमा रमाउन पटक्कै सकेनौ । करिब १५ मिनेट ओरालो झरेपछि पटना देवि समुहको घर आईपुग्यो । २०७२ सालको भुकम्पबाट क्षति पुगेको भवनको अझैसम्म पनि मर्मत हुन सकेको रहेनछ । त्यहि चर्किएको घरमै बैठक बस्ने गरेको कुरा कसाईले हामीलाई सुनाए । 
त्यहि तलतिर पुर्णबहादुर कसाईको घर रहेछ । गणेशले हामीले त्यतैतिर डोहो¥याए । सानो घर , भित्र एक छेउमा बस्तु , अर्को छेउमा मान्छे , साह्रै कष्टकर जिवन , मन एकोहोरो भयो । केहि बोल्नै सकिएन् । 
एकछिनको मौनतापछि भाई अर्जुनले सोधे , बसोबास यतै हो । पुर्ण बहादुरकी श्रिमतीले भनिन दुखयाको बास यस्तै त हो नि सर , हामीलाई कसले पो हेर्छ र ।  कमाउने कोहि छैनन् , भएको एउटा छोरो श्यामलाल निमोनियाको रोगी , रामेछापको पुरानो स्कुल गौरिशंकरमा ८ कक्षा पढेर छोडेका रहेछन् उनले ।
 
पढेर के बन्ने सपना थियो तिम्रो ? भाई निमेशले प्रश्न गरे, गहभरी आँशु पार्दै श्यामलालले भने तपाईहरु जस्तै ठुलो मान्छे ।  बुबाआमालाई राम्रो संग पाल्ने , बस यति चाहना रहेछ, उनको । आर्थिक अवस्था कमजोर र कसैको सहयोग नपाएका कारण पढाई छोडेको बाध्यता सुनाए उनले । 
छेवैमा रहेका गणेश बहदुर कसाईले त्यसैमा थपे ,सहर बजारका हुने खानेलाई मात्रै सहयोग गर्छ सरकारले हामी जस्तो गरिबको घरमा के आउछ्र, धन्न हजुर हरु पाल्नुभयो , घर नै पवित्र भयो । 
कुरा बुझदै जादा उनको पनि छोरी सुनिताले  ८ कक्षा पढदा पढदै पढाई छोडेकी रहेछिन् । कारण आर्थिक अवस्था नै । 
रामेछाप नगरपालिका घोषण भएको ३ वर्ष वित्न थालिसकेछ , तर पनि नगरपालिकको एउटा गाँउ वादि जहाँ सडक सञ्जाल समेत राम्रो संग नपुगेको देख्दा साह्र नरमाईलो लाग्यो । साना साना भाईवहिनी झोलाभरी किताव बोकेर एक सरो कपडाको भरमा २ घण्टाको पैदल बाटो हिडेर विद्यालय जाँदा रहेछन् । सपना मनभरी बुनेका छन् त्याहाका केटाकेटिले तर के गर्नु अवस्था नाजुक छ , धेरै पढाउन सक्दैनन अविभावकले कसाईले भने ।
हरेक कुरा पछाडि त्यहा, सिक्षा, स्वास्थ्य, सञ्चार केहि कुराको पनि प्रबन्ध छैनरहेछ । कृषि मा पनि उतिकै पछाडी ।
 
पुर्ण बहादुर संगको कुराकानी पछि हामी गणेश बहादुरको घर तिर लाग्यौ । बारिभरी केराको बोट लगाएका रहेछन् । यसपाली केराको बोटमा सानै देखि गोबारा भन्ने रोग लागेको उनले हामीलाई सुनाए ।  
घरमा पुग्दा उनकी श्रिमतीले हरियो मकै पोलेर राखेकी रहेछिन् । चिसो संगै मकै लिएर आईन । पानी पर्दै थियो । उनिसंग दुख सुखका कुरा गर्दै गर्दा घडिले ५ बजाउन थालिसकेछ , भाई निमेशले जानकारी गराए । त्यहाँ हामी धेरैबेर नै बस्यौँ, फोटोहरु टन्नै खिच्यौँ, जति बसेपनि वादिको प्यास मेटिएन । रात पर्दै थियो । घामले लुकामारी खेल्न थालेको थियो । वादिबाट रामेछाप डाँडामा  डुब्नै लागेको घामको किरण निक्कै लोभलाग्दो देखिरहेको थियो ।
 
बाँकि कुरा थाति राख्दै ,सम्झना स्वरुप पुन सबैको एउटा फोटो लिएर , फेरी भेटन आउने बाचा गर्दै त्यहाबाट रामेछाप डाँडातिर लाग्यौ हामी । 
 
करिब तिन घण्टाको नाकै ठोकिएला जस्तो उकालो चढेर हामी रामेछाप डाँडामा पुग्यौ । त्यहाँबाट चारै तिरको दृष्य नियाल्यौँ । सानो तिनो मान्छेलाई उडाउला जसरी चिसो हावा चलिरहेको थियो । त्यहाँबाट फर्केर हेर्दा वादि गाँउ चहकिलो र स्पष्ट देखिरहेको थियो । सँगै गएका भाईहरुले त्यहाँको प्राकृतिक सुन्दरताको बारेमा वर्णन गर्दै थिए  ।
तर मेरो मनमा भने उनिहरुको दुखको चित्र छाईरहेको थियो............. ।  
 
 
 
 
 
 
 
 
 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...