header

HajurKo Radio 102.1 MHZ

ताजा खाबर :

About Us

जिल्लाको समग्र संचार विकासमा क्रियाशील यो जनसहारा संचार सहकारी सस्था लि. रामेछाप, विशुद्ध सामाजिक क्षेत्रमा कार्यरत रहेको छ । सहकारीका माध्यमबाट रेडियो स्थापना गरी संचालनमा रहेको यो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज सम्पुर्ण रामेछापेली जनताको साझा ढुकढुकी पनि हो । सामुदायिक दायरामा रही लक्ष्य प्राप्त गर्ने उद्देश्य अनुरुप यो रेडियो स्थापनादेखि नै स्वतन्त्र तथा समाजमुखी कार्यक्रमहरु प्रसारणमा केन्द्रित रहेको छ ।  यस रेडियोको मुख्य लक्ष्य पनि समाजका लागि साझा सवालमा बहस पैरवी गर्नु नै हो ।

आजको युगमा संचारको महत्वलाई आत्मसात गर्दै जिल्लाको सञ्चार अभावलाई परिपुर्ति गर्न जिल्लाकै श्रोत तथा साधनबाट स्थापित यस रेडियोमा दक्ष तथा अनुभवी रेडियोकर्मीहरु कार्यरत रहेका छन् । जिल्लामा ओझेलमा रही प्रचारप्रसारको अभावमा फस्टाउन नसकेको ब्यबसायलाई प्रोत्साहन गर्दै लक्ष्य अनुरुप आर्थिक आम्दानी गराउने स्वच्छ लक्ष्य हामीले आत्मसात गरेका छौं । सूचनाको पहुँचलाई सर्वसुलभ गराउँदै हामी सम्पूर्ण जिल्लाबासीहरुको आवाज बोल्नेछौं ।

 

हाम्रो उद्देश्य

  • सूचनाको पहुँचलाई र्सवसुलभ बनाउने ।
  • प्रचार प्रसारको अभावमा फस्टाउन नसकेका स्थानीय उत्पादनहरुलाई ब्यापक प्रचार प्रसारको माध्यमले ब्यबसायीकरण गर्ने ।
  • प्राकृतिक श्रोत तथा साधनलाई समय सापेक्ष उपयोगीताको बारेमा जानकारी गराउने ।
  • स्थानीय तथा सरकारी निकायले गर्ने विविध विकास निर्माणका कार्यले समाजमा पार्ने प्रभावका बारेमा स्वतन्त्र पैरवी गर्ने ।
  • नयाँ उत्पादन प्रविधिका बारेमा खोजमुलक कार्यक्रमहरु बनाई तिनिहरुको प्रवर्धन गर्ने ।
  • कृषिमा आधुनिक प्रविधिका प्रयोगका लागि प्रोत्साहन दिई कृषि उत्पादन बृद्धिमा जोड दिने ।
  • विविध मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रसारण गर्ने ।
  • नेपाली परम्परा, संस्कृति, कला तथा धार्मिक संरक्षणका लागि महत्वपूर्ण योगदान पुर्‍याउने ।
  • खनिज सम्पदाको उत्खनन्‌मा स्वतन्त्र  पैरवी गर्ने ।

स्वामित्व

जनसहारा संचार सहकारी सस्थाको स्वामित्वमा हजुरको रेडियो रहेको छ । जनसहारा संचार सहकारी सस्था आफैमा एक सामुदायिक संस्था हो । सम्पूर्ण जिल्लाबासीहरुको सामुदायिक लगानीमा यो सस्था सचांलित छ ।

प्रसारण पहुँच

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा यसको प्रसारण स्टुडियो रहेको छ । १०० वाट क्षमतामा प्रसारित यो रेडियो,  रामेछाप जिल्लाका सम्पूर्ण गाविस तथा छिमेकी जिल्लाहरु दोलखा, ओखलढुङ्गा,सोलुखुम्वु, सिन्धुली, सर्लाही, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक तथा काभ्रेपलान्चोक जिल्लाका केही मुख्य भागमा सुनिन्छ । रामेछाप तथा छिमेकी जिल्लाहरुका गरी नौ  लाख भन्दा बढी श्रोताले यो रेडियो सुन्न सक्छन् ।

संगठन तथा जनशक्ति

रेडियो प्रसारणका लागि एक स्वतन्त्र रेडियो बोर्डद्वारा तयार गरिएको एक संगठन रहेको छ, जसको मातहतमा रेडियो कर्मचारी तथा ब्यबस्थापकहरु रहेका छन् । नीति निर्माण रेडियो बोर्डले गर्दछ भने कार्य संचालनको जिम्मा रेडियो कर्मचारी तथा ब्यबस्थापकहरुको संगठनले लिएको छ ।

दर्ता विवरण

नामः जनसहारा सञ्चार सहकारी संस्था लि.

संस्था दर्ताः ४१२ ०६५।०६६

ठेगानाः रामेछाप नपा ,५ रामेछाप

रेडियो नाम ः हजुरको रेडियो १०२.१ मेगाहर्ज

रेडियो दर्ताः  ३४९ ०६५।०६६

स्थाई लेखा नं. ३०२९८४४७१

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...